अयोध्या को राम मन्दिरलाई बम विस्फोट गरि उडाउने धमकी दिने एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । धम्कि दिने ति व्यक्तिलाई अररियाबाट प्रहरीले पक्राउ गरेको हो ।
अररिया पुलिसले पक्राउ गरेपछि उनले आफ्नो नाम छोटा शकील भएको र आफु दाउद इब्राहिमको गिरोहको सदस्य रहेको बताएको भारतीय प्रहरीले जनाएको छ ।
अररिया जिल्ला पलासी पुलिस थाना बालुवा कल्यागन्ज घर भएका मोहम्मद जमालुद्दीन को छोरा मोहम्मद इब्राहिम को नाममा दर्ता रहेको मोवाईल नम्बरबाट ११२ नम्बरमा पटक पटक फोन गरी २२ जनवरी २०२४ मा राम मन्दिर बमले उडाउने धम्की दिएका थिए ।
विषयको संवेदनशीलतालाई ध्यानमा राख्दै तत्काल पुलिस को टोलीले कारवाही गर्दै कल डिटेल्स को आधारमा उक्त व्यक्तिलाई पक्राउ गरी प्राविधिक शाखामा सारिएको थियो ।
राम मन्दिर उडाउने धम्की दिने मानिसलाई पलसी थानको पुलिसले छापा मारेर उक्त मोवाईल सहित तत्काल पक्राउ गरेको थियो । मोहम्मद इब्राहिमको २१ वर्षिय छोरा मोहम्मद इन्तखाबले ११२ नम्बरमा कल गरी धम्की दिनेगरेको खुलेको थियो ।
राम मन्दिर विस्फोट गराउने धम्की दिने मोबाइल फोन समेत जफत गरेर यस घटना सम्बन्धमा पलासी पुलिस थानामा मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अगाडि बढाएको अररिया जिल्लाका एसपी अशोक कुमार सिंहले बताए ।