अयोध्यामा मन्दिर स्थापना र प्राण प्रतिष्ठाको खुशियालीमा राममय भयो विराटनगर, विविध कार्यक्रम हुँदै

Logo
Red FM आइतबार, माघ ०७, २०८०

५०० वर्ष पछि भारतको अयोध्यामा मन्दिरको निर्माण र भगवान श्रीरामको प्राण प्रतिष्ठा यहि माघ ८ गते हुँदैछ । सोही दिनलाई संसारभरि छरिएर रहेका हिन्दु हर्मालाम्बीहरुले पर्वका रुपमा मनाउन थालेका छन।

८२ % बढी हिन्दुहरुको बसोवास रहेको नेपालमा समेत त्योदिनलाइ उत्सवका रुपमा लिएर आजै बाट विभिन्न कार्यक्रम आयोजना गरिएको छ। कोशी प्रदेशको राजधानी विराटनगरमा विभिन्न संघ सस्था र ब्यक्तिहरुले राम मन्दिर स्थपनाकाे अवसरमा बृहत मोटरसाइकल र्याली आयोजना गरेका छन् ।

माघ ५ गते बाटै सुरुवात गरिएको उत्सवमा विराटनगर बजार क्षेत्रभरि श्री राम लेखिएका गेरुवा रंगका झन्डाहरु राखेर बजारलाइ राममय बनाइएको छ।

विराटनगरको मुख्य बजार क्षेत्र भित्र पर्ने जलजला चोक देखि ट्राफिक चोक सम्म झन्डा र ध्वाजाले बजारलाइ सिङ्गारिएको छ।

आज विराटनगर हनुमानमन्दिर आगाडी बाट ५ हजार बढीको संख्यामा रोडशेष चोक देखि रानीसम्म र्याली निकालेर विराटनगर परिक्रमा गरिएको छ ।

हजारौको संख्यामा स्वतः स्फूर्त रुपमा भेलाभएर आफ्नै खर्चमा झन्डा लगायतका सामग्री खरिद गरि यसलाई पर्वका रूपमा मनाउन लागिएको एक भक्तजनहरूले बताएका छन् ।

विराटनगरमा आज मोटरसाइकल र्यालि, ७ गते कलस यात्रा र स्थापनाको दिन अर्थात् ८ गते भजन कृतन प्रसाद वितरण तथा राति २१ हजार दिप प्रज्जवलनको कार्यक्रम रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356