विराटनगर महेन्द्र चोकस्थित पारस अस्पतालले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुपमा एक हजार रुपैयाँ भत्ता र निःशुल्क उपचार सेवा दिन थालेको छ । छोरी बचाऊ आमा बचाऊ भन्ने उदेश्यले सो स्पतालले माघ ४ गते देखि छोरी जन्माउने आमालाई निः शुल्क उपचार सेवाका साथै एक हजार रुपैया भत्ता दिन भएको हो ।
सो अभियान अन्तर्गत नर्मल डेलिभरीमा छोरा वा छारी जे भएपनि आमालाई निःशुल्क उपचार सेवा दिने व्यवस्था गरिएको अस्पतालका अध्यक्ष तथा जेनेरल सर्जन सफिउर रहमानले जानकारी दिए ।
अस्पतालले यस अभियान सहित नि शुल्क डेलिभरी तथा निशुल्क शल्यक्रिया कार्यक्रम समेत संचालन गरेको छ । छोरी पाउने आमालाई प्रोत्साहन स्वरुप एक हजार प्रदान गरिने छ भने शिशुलाई एक हजारको सुविधा कार्ड लिएबापत एक वर्ष सम्म अस्पतालले ओपीडि निःशुल्क, अन्य परिक्षणहरुमा २५ प्रतिशत र मेडिसिनमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको रहमानले बताए ।
यसैगरि विपन्न, दलित तथा असाहयहरुलाई जेनेरल बेडमा ५० प्रतिशत र अप्रेशन तथा अन्य टेस्टहरुमा २५ प्रतिशत छुट दिने बताइएको छ । ५० शैय्याको सो अस्पतालमा २४ घण्टै विमारीहरुका लागि सेवा उपलब्ध हुँदै आएको सहमानले जानकारी दिए ।