न्यायाधीश गिरीकी पत्नीले गरिन् सर्वोच्च अदालतअगाडि आत्मदाहको प्रयास

Logo
Red FM आइतबार, पुष २९, २०८०

जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले आत्मदाहको प्रयास गरेकी छन् ।

आइतबार दिउँसो न्यायाधीश गिरीकी पत्नी आरतीले सर्वोच्च अदालत परिसरमा शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । शरीरमा मट्टीतेल खन्याएर आगो सल्काउन थाल्दा प्रहरीले उद्धार गरेको हो ।

आरतीले ‘न्याय कि मृत्यु’ लेखिएको टिसर्ट लगाएकी थिइन् । उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ । श्रीमान्‌विरुद्ध बैवाहिक बलात्कारको मुद्दा हालेकी आरतीले यसअघि आरतीले जिल्ला अदालत काठमाडौंमा श्रीमान्‌ गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् ।

आरतीको उजुरीपछि न्यायाधीश गिरी बैवाहिक बलात्कारको मुद्दामा पक्राउ परेका थिए ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356