राष्ट्रिय एकता दिवसको अवसरमा विराटनगरमा गणतन्त्र विरोधी नारा लागेको छ ।
पृथ्वीनारायण शाहको ३०२ औं जन्म जन्मजयन्तिको आवसरमा एकिकृत राष्ट्रिय संघष् समितीले विराटनगरमा आयोजना गरेको र्यालिमा गणतन्त्र मुर्दावादको नारा लागेको हो ।
२ सयभन्दा भन्दा बडिको सहभागीतामा भएको र्यालिमा सहभागीले हातमा श्री ५ ज्ञानेन्द्र जिन्दावाद,राजा आउ देश बचाउ,हाम्रो राजा हाम्रो देश प्राण भन्द प्यारो छ,गणतन्त्रा मुर्दावाद लगायतका नारा लिखित पमप्लेट बोकेर र्यालिमा सहभागिता जनाएका थिए । र्यालिले विराटनगर बजार परिक्रमा गरेर रामजानकी मन्दिर परिसरमा कोणसभा आयोजन गरेर र्यालि को अन्त्य गरेको हो ।