राष्ट्रिय मारवाडी युवा दिवस को उपलक्ष्यमा मारवाडी युवा मंच विराटनगर द्वारा तीन दिवसिय कार्यक्रम को आयोजना निम्न लिखित विवरण अनुसार प्रथम दिन निम्न कार्यक्रमहरु सम्पन्न गरेको छ। आज मञ्चले बिहान सात बजे कोशी अस्पतालमा बिस्कुट ,चिया खुवाउने कार्यक्रम गरेको थियो भने ८ बजे बृहत प्रभात फेरीको आयोजना गरेको थियो भने ११ बजे नारायण सेवा सँगको सहकार्यमा अस्पतालमा दिवा भोजन कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा कोशी प्रदेश का सभासद माननीय भिम पराजुली, मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवाला, नेपाल राष्ट्रिय मारवाडी युवा संगठन का सचिव मोहित लालवानी, नेपाल राष्ट्रिय मारवाडी युवा संगठन का संस्थापक उपाध्यक्ष नन्द किशोर राठी, मारवाडी युवा मंच विराटनगर का अध्यक्ष जय शर्मा , महासचिव मोहित अग्रवाल लगायत भुतपूर्व अध्यक्ष, सल्लाहकार , पदाधिकारी गण, सदस्यहरु, विभिन्न घटक मंच का अध्यक्ष लगायतको उपस्थिति रहेको कार्यक्रम संयोजक अंकित मारुले जानकरी दिए।