क्यालिफोर्नियाको भीषण डढेलो [तस्बिरहरू]

Logo
Red FM आइतबार, पुष २८, २०८१

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्निया राज्यमा तीन दिनदेखिको डढेलो अझै नियन्त्रणमा आएको छैन । डढेलोका कारण कम्तीमा ११ जनाले ज्यान गुमाइसकेका छन् भने लाखौं विस्थापित भएका छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार डढेलोले १० हजारभन्दा बढी घर तथा अन्य संरचना ध्वस्त पारिसकेको छ ।

अधिकारीहरूका अनुसार हाल कम्तीमा ६ स्थानमा डढेलो लागिरहेको छ । तीमध्यै सबैभन्दा ठूलो डढेलो पालिसेड्स क्षेत्रमा छ । त्यस्तै, इटन, केनेथ, आर्चर, हर्स्ट, लिडियालगायत स्थानका करिब ३८ हजार एकड क्षेत्रमा डढेलो लागिरहेको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्निया, लस एन्जलस (युएलसीए) का विद्यार्थीहरूलाई आफू रहेको स्थान खाली गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत रहन सूचना जारी गरिएको छ ।

त्यस्तै, लस एन्जलस काउन्टीमा स्वास्थ्य संकटकाल घोषणा गरिएको छ । अधिकारीहरूले धुवाँ र खरानीका कारण हावाको गुणस्तर खराब भएको जनाउँदै स्वास्थ्य संकटकाल घोषणा गर्नुपरेको जनाएका छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356