विराटनगर वडा नम्बर १२ का वडा अध्यक्ष बैकिङ्ग कसुरमा पक्राउ

Logo
Red FM मंगलबार, पुष ०९, २०८१

विराटनगर । आर्थिक लेनदेनको विषयमा पटक पटक विवादमा पर्दै आएका विराटनगर महानगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष हिरालाल कामत पक्राउ परेका छन् ।

बैकिङ कसुर मुद्दामा वडाअध्यक्ष कामत सोमबार दिउँसो ४ बजेको समयमा उजुरीको आधारमा मोरङ प्रहरीले पक्राउ गरेको हो ।

मंसिर २५ गते मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएपछि कामतलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी बेदप्रसाद जोशीले जानकारी दिए । मोरङको जहदा गाउँपालिका ३ का वडाध्यक्ष गुरुदयानन्द ठाकुरको जाहेरीमा कामतलाई पक्राउ गरिएको उनले बताए । कामतले दिएको ५ लाख रुपैयाँको चेक भाउन्स भएपछि कात्तिकमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

बैंकिङ कसुरमा पक्राउ परेका कामत जसपाबाट उम्मेदवारी दिएर वडाध्यक्षमा निर्वाचित भएका थिए । उनलाई उजुरी दिने जहदा ३ का वडा अध्यक्ष पनि जसपाबाट निर्वाचित वडा अध्यक्ष हुन् । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार अदालतमा उपस्थित गराई थप अनुसन्धानको पाटोलाई अगाडी बढाउने मोरङ प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356