बहुदरमाई नगरपालिकामा विद्यार्थीले गरे तोडफोड र आगजनी

Logo
Red FM शुक्रबार, पुष ०५, २०८१

काठमाडौँ — बहुदरमाई नगरपालिकामा शुक्रबार विहान विद्यार्थीले तोडफोड तथा आगजनी गरेका छन् । लामो समयदेखि शिक्षकले तलब नपाउँदा पठनपाठन अस्तव्यस्त बनेकाले विद्यार्थीले तोडफोड तथा आगजनी गरेको बताएका छन् ।

कार्यालयको ताला तोडी कुर्सी र टेबल बाहिर रोडमा ल्याएर आगजनी गरेका छन् । स्थानीय रोहित कुमारका अनुसार लेखा शाखा शाखाबाहेक हरेक शाखाको टेबल, कुर्सी र दराज तोडफोड भएको छ । कागजपत्रहरु भुईमा छरिएका छन् ।

घटनास्थलमा पुगेका प्रहरी उपरीक्षक कुमोध ढुंगेलले आगजनी र तोडफोडको सम्बन्धमा अनुसन्धान भइरहेको बताए । ‘सीसीटीभीको लाइन बन्द गरिएको रहेछ,’ उनले भने, ‘कार्यालयबाट कुर्सी र टेबल रोडमा लगेर आगजनी गरिएको छ, अनुसन्धान हुँदैछ ।’

साउन यता बहुदरमाई नगरपालिका मातहत रहेका सामुदायिक विद्यालयले तलब पाएका छैनन् । गत कात्तिक ८ मा नगरसभा सम्पन्न भएपनि नगरप्रमुखले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिएकाले बजेट निकासा हुन पाएको छैन ।

रिसेप्सनिष्ट बजार प्रतिनिधि, सेक्यूरिटी गार्ड, कुक, किचे नहेल्पर, क्लिनर

ढलमंगाल जामखोल्ने सस्तोमा

सस्तोमा ढलमंगाल सेफ्टीट्यांकी जामखोल्न

सानेपा स्थत घरमा घरायसी कामको लागि घरमै बसी काम गर्ने वा आउने जाने गर्ने एक महिला चाहियो टेल

विगत ६ महिनादेखि नगरपालिकामा रहेको १८ वटा सामुदायिक विद्यालयका एक सय ९० शिक्षक, ९ वटा स्वास्थ्य चौकीका ४७ जना स्वास्थ्यकर्मी र नगरपालिकामा कार्यरत ७५ जना कर्मचारीले तलब भत्ता पाएका छैनन् । नगरपालिकाका अनुसार शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको तलबमा मात्र मासिक करिब एक करोड १८ लाख रुपैयाँ निकासा हुने गरेको थियो ।

बजेट निकासा नहुँदा बर्थिङ सेन्टरमा उपचारका लागि आउने गर्भवती र सुत्केरी महिलाहरु सरकारी सुविधाबाट बञ्चित बनेका छन् । बर्थिङ सेन्टरमा नियमित चेकजाँचका लागि आउने गर्भवती महिलालाई आठ सय रुपैयाँ सरकारले वितरण गर्ने गरेको छ ।

यसैगरि बर्थिङ सेन्टरमै बच्चा जन्माउने महिलालाई यातायात शुल्कको रुपमा एक हजार रुपैयाँ दिने गरिएको छ । बहुदरमाई नगरपालिकाको वडा नं. ४ बहुअरी र वडा नं. ९ विश्रामपुरमा दुईवटा बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन् ।

बहुदरमाई नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिनेश यादवले मेयर सिंघासन साह तेलीले बजेट प्रमाणिकरण नगर्दा विकास निर्माणको काम समेत ठप्प बनेको बताए । दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका यादवका अनुसार समयमै बजेट निकासा भएको भए हालसम्म नगरपालिका भित्रको आधा जति विकास निर्माणको काम सम्पन्न भइसकेको हुन्थ्यो ।

नगर प्रमुख सिंघासन साह तेलीले बजेट खर्चको अख्तियारी प्रमुख प्रशासकीय अधिकृतलाई नदिँदा बजेट निकासा हुन नसकेको हो । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम असार १० सम्ममा अगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ ।

तर, बहुदरमाई नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्धारित समयभन्दा झन्डै चार महिना पछि गत कात्तिक ८ गते ११ औँ नगरसभामा प्रस्तुत भएको थियो । तर, नगरसभा सम्पन्न भएको करिब दुई महिना पुग्ने लाग्दा पनि मेयरले बजेट खर्चको अख्तियारी दिएका छैनन् ।

स्थानीय सरकार सञ्चालन ऐन अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356