अस्ट्रेलियाका लागि नयाँ राजदूत : यस्ता छन् चुनौती र अवसर

Logo
Red FM शुक्रबार, पुष ०५, २०८१

अस्ट्रेलिया — झन्डै अढाई वर्षअघि आफ्नो कार्यकाल सक्न नपाउँदै नेपाल बोलाइएका तत्कालीन अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले आफूले सुरु गरेका धेरै काम गर्न नपाएकोमा गुनासो पोखेका थिए । नेपाल फर्किने क्रममा दहालले राजनितिक या कूटनीतिक जस्तो नियुक्ति भए पनि राजदूतलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका थिए ।

नेपाली राजनीतिक वृत्तमा केही फेरबदल हुनेबित्तिकै दलको पहिलो निशानामा पर्ने नै राजदूत पद बनिसकेको छ । जुन देशमा राजदूत नियुक्ति गरिने हो, त्यो देशको अध्ययन गरेको, त्यहाँका नेपाली समुदाय तथा स्थानीय आर्थिक, कूटनीतिक तथा राजनीतिका बारेमा ज्ञान भएको व्यक्तिलाई नियुक्त गरेर पठाउनेभन्दा पनि दलबीचमा बाँडफाँड गरेर राजदूत नियुक्ति दिने प्रचलन सामान्य भइसकेको छ ।

राजदूत भएर आउनेले पनि कहिले नेपालको राजनीतिक समीकरण फेरिने हो, कहिले पद खुस्किने हो र समयअगावै नेपाल फर्किन पर्ने हो त्यसैको चिन्तामा पर्नुपर्ने अवस्था सामान्य बनिसकेको छ ।

पछिल्लो राजनीतिक परिवर्तनसँगै अस्ट्रेलियाका पछिल्ला राजदूत कैलाशराज पोखरेलसमेत आफ्नो कार्यकालको आधा समय बिताउन नपाउँदै नेपाल फर्किसकेका छन् । उनले अस्ट्रेलियामा राजदूतका रूपमा नियुक्ति लिँदै गर्दा कान्तिपुरसँग आफू राजनीतिक नियुक्तिमा आए पनि कूटनीतिक अनुभव पनि भएकाले पूर्ण कार्यकालसम्मै काम गर्ने विश्वास व्यक्त गरेका थिए । तर उनको विश्वास पनि नयाँ सरकार र नयाँ समीकरण बनेसँगै २५ महिनामै टुट्यो ।

रिसेप्सनिष्ट बजार प्रतिनिधि, सेक्यूरिटी गार्ड, कुक, किचे नहेल्पर, क्लिनर

विदेशजान बैंकब्यालेन्स USA

इण्डियन तन्दुरीकुक मसाल्ची हेल्पर

ढलमंगाल जामखोल्ने सस्तोमा

सस्तोमा ढलमंगाल सेफ्टीट्यांकी जामखोल्ने

सानेपा स्थत घरमा घरायसी कामको लागि घरमै बसी काम गर्ने वा आउने जाने गर्ने एक महिला चाहियो टेलि

सरकारले राजनीतिक नियुक्तिअन्तर्गत नै नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई यहाँका लागि नयाँ राजदूत नियुक्त गरिसकेको छ । उनको एग्रिमो स्वीकृत भइसकेर अबको केही दिनमा नै अस्ट्रेलिया आउनेछिन् । तर उनी राजदूत भएर आएसँगै यहाँ रहेका विभिन्न समस्याका चुनौती पनि सामना गर्नेछिन् ।

अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीका समस्या मात्र हैन कि बढ्दै गएको नेपाली बहुसांस्कृतिक समुदायसँग दूतावासको विश्वासलाई दरिलो बनाउने चुनौती यादवलाई छ । अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको दूतावासप्रतिको अविश्वास र अपेक्षालाई समयानुकूल स्थापित गर्नु उनका लागि चुनौती हुनेछ ।

विगतका तीन राजदूतको कार्यकालदेखि नै हरेक दुई वर्षमा राजदूत फेरिने संस्कारले उत्पन्न गराएको अस्थिरतालाई कूटनीतिक रूपले सम्बोधन गर्नु पनि उनका लागि चुनौती हुनेछ । त्यतिमात्र नभएर आफ्नै दूतावास भवन निर्माणका लागि जग्गा खरिद गरिएको आधा दशक भइसक्दासमेत कुनै कार्यप्रगति हुन नसकेको उक्त भवन निर्माणको सुरुवात उनका लागि चुनौती हुनेछ ।

यादवलाई अवसर पनि उत्तिकै छन् । केही वर्षअघि सम्पन्न दुई देशबीचको व्यापार सम्झौता, सचिवस्तरीय संयन्त्र तथा नेपाली विमानलाई अस्ट्रेलियाबाट उडान गर्ने तयारीलाई पूर्णता दिन सके उनले त्यसबाट जस लिने ठाउँ प्रशस्त छ ।

यसै वर्षको फेब्रुअरीमा नेपाल र अस्ट्रेलियाली सरकारबीच व्यापार सम्झौता भए पनि त्यसबाट नेपालले के फाइदा लियो भन्ने बारेमा यहाँका व्यवसायी नै अनविज्ञ छन् । नेपाल र अस्ट्रेलियाबीचमा करोडौं डलरबराबरको घाटाको व्यापार भइरहेको वर्तमान अवस्थामा राजदूत यादवलाई उक्त घाटाको व्यापारलाई सुधार गर्नका लागि कूटनीतिक पहल गर्ने अवसर पनि उपलब्ध छ ।

तर राजनीतिक नियुक्तिमा आएका अहिलेसम्मका कुनै पनि राजदूतले पूर्ण कार्यकाल बिताउन नपाएको सन्दर्भमा यादवले के गर्न सक्छिन् भन्ने विषयमा यहाँका नेपाली ‘पर्ख र हेर’को मनस्थितिमा छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356