अष्ट्रेलियन अलराउन्डर कटिङ एनपिएल खेल्न आइपुगे

Logo
Red FM मंगलबार, मंसिर १८, २०८१

विराटनगर (हाम्रो खेलकुद)- अष्ट्रेलियन अलराउन्डर बेन कटिङ लुम्बिनी लायन्सबाट जारी नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न नेपाल आइपुगेका छन्।

कटिङले आफ्नो करियरमा विश्वभरका टि ट्वान्टी लिगहरूमा खेलिसकेका छन् । उनले इन्डियन प्रिमियर लिग (आइपिएल), बिग बास लिग (बिबिएल), पाकिस्तान सुपर लिग (पिएसएल) र क्यारिबियन प्रिमियर लिग (सिपिएल) जस्ता ठूला फ्रेन्चाइजहरूमा सहभागी भइसकेका छन् ।

सनराइजर्स हैदरवादले सन् २०१६ को आइपिएलको उपाधि दिलाउन उनको भूमिका महत्वपूर्ण रहेको थियो।
एनपिएलको हिस्सा हुन पाउँदा र विशेषगरी लुम्बिनी लायन्समा सामेल हुन पाउँदा उनले आफू निकै उत्साहित भएको बताएका छन्।

१ सय ७० भन्दा बढी टि ट्वान्टी खेल खेलेका उनले २ हजार भन्दा बढी रन बनाउँदै १ सय २६ विकेट लिएका छन्।

राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल लुम्बिनी लायन्सको मार्की खेलाडी हुन्। लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल बुधवार विराटनगर किङ्ससँग खेल्नेछ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356