इनरूवा अस्पतालका चिकित्सकमाथि हातपात

Logo
Red FM आइतबार, कार्तिक ०४, २०८१

एउटा बिरामीको रिपोर्टमा अर्को बिरामीको औषधि सिफारिस गरेको भन्दै इनरुवा नगरपालिका-६ का खेमराज थापाले शनिबार साँझ डा. राईमाथि हातपात गरेको प्रहरीले जनाएको छ ।

थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार जानकारी दिए । आफ्नी आमाको उपचारका लागि अस्पताल लिएर गएका थापाले चिकित्सकले गम्भीर लापरबाही गरेकाले मेसु राईमाथि हातपात गरेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए ।

थापाकी आमाको ब्लड रिपोर्टमा किड्नी फेल भएका अर्का बिरामीको रिपोर्टको आधारमा मेसु राईले औषधि सिफारिस गरिदिएको र उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा समस्या भएको थापा पक्षको दाबी छ ।

बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधि सिफारिस गरेर बिरामीको स्वास्थ्यमा गम्भीर लापरबाही गरेको भन्दै मेसु राईमाथि कुटपिट गरेको प्रहरीलाई थापाले बताएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए ।

घटनाका बिषयमा मेसु राईमाथि बारम्बार सम्पर्क गरिए पनि उनी सम्पर्कमा आएनन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356