ललितपुर —ललितपुरको महांकाल गाउँपालिका-२, मानीखेलका बाढीपहिरोपीडित ४४ परिवारलाई जस्तापाता वितरण गरिएको छ ।
नेपाल तरुण दलको समन्वयमा पाइला पाइला नामक संस्थाले बुधबार पीडित परिवारलाई जस्तापाता वितरण गरेको हो ।
बाढीपहिरो पीडित परिवारको सीघ्र पुनर्स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराउँदै आफूहरूले गर्न सक्ने सहयोग र समन्वय गरेर बुधबार ४४ परिवारलाई जस्तापाता वितरण गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य अशोक झाले बताए ।
पाइला पाइला नामक संस्थाका फाउन्डर डक्टर पासाङ काजी लामाले पाँच लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएका हुन्। बाढीका कारण महांकाल गाउँपालिकामा १३ जनाको ज्यान गएको थियो भने सयौं घर विस्थापित भएका थिए ।