नवलपरासी पूर्व —राइनो कप फुटबल आउँदो शनिबार कोल्हुवामा सुरु हुने भएको छ । शनिबार सुरु हुने उद्घाटन खेलमा हनामी र देशभक्त फुटबल क्लब भिड्ने छन् ।
आयोजक नन्द-भाउजू सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष दोमन भण्डारीका अनुसार प्रतियोगितामा भारतीय टिम, ए डिभिजनका ३ वटा सहित १२ फुटबल क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको फाइनल कात्तिक १४ गते हुने छ । भारतको मणिपुरबाट समेत फुटबल क्लब आमन्त्रित रूपमा खेलमा सहभागी हुने छ । फुटबलका बारेमा आफैं जानकारी पाएर आउन चाहेकाले भारतीय फुटबल टिमलाई आमन्त्रण गरिएको हो ।
कोल्हुवामा यो समेत ७ औं राइनो कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रतियोगिताको उद्घाटन गर्ने अध्यक्ष भण्डारीले जानकारी दिए । विजेताले नगद ८ लाख पाउने अध्यक्ष भण्डारीले जानकारी दिए ।