भरिभराउ दर्शक : नेपाली फिल्मलाई पनि दसैं

Logo
Red FM बुधबार, आश्विन ३०, २०८१

काठमाडौँ —दसैं, टिका र पारिवारिक भेटघाटको चाड मात्रै होइन ! पछिल्लो समययता नेपाली फिल्म लागि पनि दसैं ठूलो उत्सव बन्दै आएको छ ।

दसैंमा लामो बिदा पाइन्छ, परिवारका सदस्यहरु एकसाथ भेला हुन्छन् । रमाइलो गर्ने माहोल हुन्छ ।

यही माहोलले कति दर्शकलाई हलसम्म पुर्‍याउँछन् । अन्य समयमा भन्दा दर्शकको घुइँचो यही समयतिर व्यापक हुने हुँदा नेपाली फिल्मकर्मीहरुले अक्सर दसैंमा फिल्म प्रदर्शन गर्न हानाथाप गर्छन् । यही वर्षको उदाहरण हेरे पुग्छ ।

फूलपाती (असोज २४)को दिनबाट तीन नेपाली फिल्म एकसाथ प्रदर्शनमा आए । प्रदर्शनमा आएका फिल्महरुमध्ये ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को त सो प्राप्त गर्नका लागि प्रतिस्पर्धा नै चलिरहेको छ । प्रदर्शनको दोस्रो दिनदेखि दर्शकको साथ थपिँदै गएसँगै ‘ज्वाइँ साब’ले पनि यी दुई फिल्मसँग सोका लागि प्रतिस्पर्धा गर्नु पर्‍यो ।

लेखक एवं कलाकार दीपकराज गिरी ‘छक्का पञ्जा ५’ पारिवारिक फिल्म भएकै कारण दसैं लक्षित गर्दै प्रदर्शनमा ल्याएको बताउँछन् । ‘छक्का पञ्चा बच्चादेखि बुढासम्मले हेर्ने फिल्म । दसैंमै बच्चाहरु विद्यालय छुट्टी हुन्छ । कर्मचारीकै छुट्टी पनि त यही समयमा हुन्छ,’दीपकले भने,’भारतमै पनि ठूल्ठूला फिल्म दसैंमा आउँछन् ।’

फिल्मले प्रदर्शनको छेठौं दिन पनि आक्रमक व्यापार गरिरहेको दीपक दाबी गर्छन् । ‘हलमा सिट छैन, दर्शक मारामार हुनुहुन्छ । हामीसँगै प्रदर्शनमा आएको १२ गाउँ भन्ने फिल्मको अवस्था पनि त्यस्तै छ । हामीले सुरुवातमा जति सो पाएका थियौं, त्यति नै पाइरहेको छ । १२ गाउँले पनि राम्रो गर्न थालेपछि अरु फिल्मको सो प्राप्त गरेपछि हामीले बराबर सो पाएका छौं,’उनले भने ।

प्रदर्शनको एक सातामा फिल्मले १० करोड बढीको व्यापार गर्ने आंकलन गरिएको छ । ‘भोलि हाम्रो फिल्मको सप्ताहन्त हो । आधिकारिक रुपले हामी फिल्मले १० करोड कमाएको त्यहीबेला घोषणा गर्नेछौं,’उनले भने ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356