वुमेन्स ट्वान्टी-२० वर्ल्डकप : भारतलाई हराउँदै अस्ट्रेलिया सेमिफाइनलमा

Logo
Red FM सोमबार, आश्विन २८, २०८१

काठमाडौँ —अस्ट्रेलियाले भारतमाथि नौ रनको रोमाञ्चक जित रच्दै आईसीसी वुमेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप २०२४ को सेमिफाइलन यात्रा निश्चित गरेको छ । हारपछि भारतको भविष्य भने अर्को टिमको हातमा गएको छ । अस्ट्रेलिया महिला ट्वान्टी ट्वान्टी विश्वकपको सेमिफाइनल पुगेको यो लगातार नवौंपल्ट हो ।

सारजाहमा भएको खेलमा अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै आठ विकेटमा १ सय ५१ रन बनाएको थियो । त्यसमा ग्रिस ह्यारिसले ठोस ४० रन बनाइन् । जवाफमा भारतले नौ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो । उसका लागि हरमनप्रितले नटआउट रहँदै ५४ रन बनाए पनि त्यो पर्याप्त रहेन ।

यो जितपछि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया समूह ‘ए’ को शीर्षमा रहने निश्चित भएको छ । उसले लिग चरणका सबै चार खेल जितेका छन् । भारत अझै दोस्रो स्थानमा छ । अब अर्को खेलमा पाकिस्तानले न्युजिल्यान्डले हराउँछ र भारत ती दुवै टिमको रन रेटभन्दा माथि रहन्छ भने सेमिफाइनलको सम्भावना रहनेछ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356