काठमाडौँ —ताईवानका राष्ट्रपतिले आफ्नो सरकारले चिनियाँ नियन्त्रण स्वीकार नगर्ने कडा भाषण दिएपछि चीनले ताइवानको तटमा सोमबारबाट नयाँ सैन्य अभ्यास सुरू गरेको छ । यसले चीन-ताइवान तनाव बढाएको छ ।
ताइवानका राष्ट्रपति विलियम लाइले गत साता चीनको नियन्त्रण नस्वीकार्ने भाषण गरेका थिए ।
बेइजिङले ‘स्वर्ड-२०२४ बी’ दिएको यो अभ्यासमा युद्धपोत र लडाकु विमानहरूले भाग लिइरहेका छन् ।उक्त अभ्यास टापु वरपर नौ स्थानहरूमा भइरहेको छ ।
ग्लोबल टाइम्सकाअनुसार सोमबार, पीपुल्स लिबरेसन आर्मी (पीएलए) पूर्वी थिएटर कमाण्डले ताइवान स्ट्रेट र उत्तर, दक्षिणका क्षेत्रहरूमा सेना, नौसेना, वायुसेना र रकेट फोर्सका आफ्ना सेनाहरू पठाइरहेको उल्लेख छ । ‘यस अभ्यासले पृथकतावादी कार्यहरूका लागि कडा चेतावनीको रूपमा काम गर्दछ,’ पीएलए पूर्वी थिएटर कमाण्डका प्रवक्ता वरिष्ठ क्याप्टेन ली सीले सोमबार बिहान जारी गरेको विज्ञप्तिमा छ।
पृथकतावादी कार्यहरूलाई कडा चेतावन दिन र राज्यको सार्वभौमसत्ता र राष्ट्रिय एकताको रक्षाका लागि यो वैध र आवश्यक कार्य भएको प्रवक्ताले बताएको ग्लोबल टाइम्सले लेखेको छ ।
ताइवानले २५ विमान, सात नौसैनिक जहाज र चार अन्य जहाज अभ्यासमा रहेको पाएको बताएको छ ।