संखुवासभा —संखुवासभा उद्योग वाणिज्य संघले जिल्ला कारागार खाँदबारीमा कैदीबन्दीलाई खसी र नगद उपलब्ध गराएको छ ।
बडादसैंको अवसरमा जिल्ला कारागारका १ सय ३४ कैदीबन्दीका लागि ३० किलो बराबरको खसी र नगद पाँच हजार रुपैयाँ उपलब्ध गराएको हो ।
बिहीबार संघका वरिष्ठ उपाध्यक्ष डेगराज बस्नेतले निमित्त प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेलाई नगदसहित खसी हस्तान्तरण गरेका हुन् । कानुनबमोजिम कारबाही भोगिरहे पनि मानवीय संवेदनालाई ख्याल गरेर पर्वका समयमा कैदीबन्दीलाई सहयोग गरिएको संघका महासचिव सरोज बज्राचार्यले बताए ।