पशुपतिको धर्मशाला व्यवस्थापन कोषले नै गर्ने

Logo
Red FM आइतबार, आश्विन २०, २०८१

काठमाडौँ —पशुपति धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषले नै गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको अध्यक्षतामा बसेको पशुपति विकास कोष सञ्चालक परिषद्को बैठकले पशुपति धर्मशाला कोषलाई नै व्यवस्थापन गर्न दिने निर्णय गरेको हो ।

मन्त्री पाण्डेको सचिवालयका अनुसार लामो समयदेखि मारवाडी सेवा समिति नेपालले सस्तो भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोपपछि पशुपति क्षेत्रमा रहेको धर्मशालाको व्यवस्थापन पशुपति विकास कोषलाई नै गर्न दिने निर्णय गरिएको हो ।

आइतबार बसेको परिषद्को बैठकले आवश्यकता अनुसार अन्य सम्बन्धित निकायकसँग समन्वय गरी धर्मशाला व्यवस्थापन गर्न निर्देशन दिने निर्णय भएको हो ।

परिषद सदस्य काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहीत भएको भन्दै आवश्यकता अनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्ने गरी बाटो खुला राख्ने निर्णय भएको हो ।

मारवाडी सेवा समितिले यस अघिको करार बदर गरी पाउँ भनि काठमाडौं जिल्ला अदालतमा पशुपति विकास कोषविरुद्ध दायर मुद्दामा यही असोज १६ गतेको फैसलामा समितिको दावी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356