बेलबारीको खड्का आयल सेन्टरले तेल भर्दा हावा वितरण गरेको ग्राहकको गुनासो

Logo
Bhojraj Ghimire मंगलबार, साउन २२, २०८१

मोरङको बेलबारीमा खड्का आयल सेन्टरले सावरी साधनमा तेल भर्दा हावा दिएको पाइएको छ । सुन्दा आश्चर्य लाग्न सक्छ तर यो सत्य हो ।

पेट्रोल भर्न आएका एक युवकलाई १३ लिटर क्षमता भएको मोटरसाइकलमा करिब २ लिटर रिजर्वमा थप १४।५ लिटर तेल खड्का आयल सेन्टरले हालिदिए पछि तेलसँगै हावा भर्ने काम हुँदो रहेछ भन्ने खुलेको छ । पथरीशनिश्चरे नगरपालिका निवासी विवश सुब्बाले तेल भर्दा खड्का आयलले हावा भरिदिएकाे छ।

सुब्बाका अनुसार विराटनगर देखि घर फर्कने क्रममा खड्का आयलमा १३ लिटर क्षमता भएको ट्याङ्कीको ३५० सिसिको बुलेट बाइकमा तेल भरेका थिए । तर तेलको सट्टा हावा मात्र भरिएको सुब्बाको गुनासो रहेको छ ।

बाइकमा भएको करिब २ लिटर भन्दा बढी तेल हुँदा पनि १३ लिटर मात्र क्षमता भएको ट्याङ्कीमा १४/५ लिटर तेल हालेको मिटरमा देखिएको तर तेल भने सोही अनुसार नभएको सुब्बा बताउँछन् । सुब्बासँगै तेल भरेकी सावित्र सेर्माको पनि सोही कार्य भएको छ । ट्याङ्की पूर्ण भर्ने मनसायले करिब १ लिटर भन्दा बढी पेट्रोल रहेको स्कुटरमा रु ५०० को पेट्रोल भर्दा पनि नभरिएको तर जतिको त्यही तेलको मिटरले देखाएको सेर्मा बताउँछिन् ।

अन्य मानिसहरू पनि तेल भर्ना सुब्बा र सेर्मासँगै लाइनमा थिए तर सुब्बाले सचेत गराए पछि अन्य जोगिएको टेक बहादुर राई बताउँछन् । पथरीशनिश्चरे निवासी राई पनि पेट्रोल हाल्न त्यस बेला लाइनमा थिए । खड्का आयल सेन्टरलाई कानुनी कारवाही गर्न उनीहरूको माग रहेको छ । खड्का आयलले ग्राहकलाई जानी जानी ठगेको ग्राहकको गुनासो रहेको छ ।

हावा र इन्धनको अन्तरक्रियाबाट यसो हुन सक्ने वैज्ञानिक कारण रहेको छ । जब पम्पको तेलको पाइप रित्तो हुन्छ र हावा मिसिन्छ, त्यसले इन्धन पम्पको दबाबमा परिवर्तन ल्याउन सक्छ । र दबाब परिवर्तन हुँदा मिटरले इन्धनको प्रवाहलाई गलत रूपमा मापन गर्न सक्छ । हावा र इन्धनको अन्तरक्रिया गर्दा इन्धनमा बबलहरू उत्पन्न हुन्छन् । यी बबलहरूले मिटरमा इन्धनको मात्रालाई बढी देखाउन सक्छन् ।

तर त्यसो हुने सम्भावना पनि कम रहेको गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरका प्रमुख शम्भु कुमार झा बताउँछन् । आयल वितरण केन्द्रमा रहेको मेसिनमा एयर स्टेब्लरको व्यवस्था रहेको झाले जनाए । कैफियत भए मात्र मिटरमा इन्धनको मात्र बढी देखाउने झाको राय रहेको छ ।

नाप जाँचको लागि गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरबाट टिम परिचालन गरिसकेको झाले बताएका छन् । खड्का आयल सेन्टरको लापरवाही वा जानी जानी गरेको केही कमजोरी भेटिए तत्काल तेल वितरणमा रोक लगाउने झाले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356