तातो सुख्खा हावाले पाँच बिरामी, एकको अवस्था गम्भीर

Logo
Red FM बुधबार, जेठ २३, २०८१

विराटनगर — बर्दियामा अत्यधिक गर्मीसँगै तातो हावा चल्दा एक सातायता पाँच जना बिरामी परेका छन् । जिल्ला अस्पतालमा तातो सुख्खा हावाबाट बिरामी परेर उपचार गर्न आएका मध्ये एक जनाको अवस्था गम्भीर भएपछि कोहलपुरस्थित शिक्षण अस्पताल रिफर गरिएको जिल्ला अस्पताल बर्दियाका सुपरिन्टेन्डेन्ट डाक्टर सुभाष पाण्डेयले बताए ।

तातो सुख्खा हावाले पाँच बिरामी, एकको अवस्था गम्भीर

एक सातायता लू लागेर अस्पतालमा उपचार गर्न आउनेको संख्या बढेको छ । उपचारमा आएका मध्ये चारजना उपचार पछि घर फर्केका छन्,’ उनले भने, ‘एक जनाको अवस्था गम्भीर भएपछि रिफर गरिएको छ ।’

अत्यधिक गर्मीका कारण झाडापखाला, दम, रुघाखोकी, टाउको दुःख्ने लगायतका बिरामीको चाप बढेको अस्पतालले जनाएको छ । गर्मीका कारण बिरामीको चाप बढेपछि ५० शय्याको अस्पताल भरिभराउ छ । ५० शय्या भरिएपछि कुरुवा घरमा राखेर बिरामीको उपचार भइरहेको अस्पतालले जनाएको छ । जिल्ला अस्पतालको बहिरंग सेवामा दैनिक करिब ३ सय बढी बिरामी आउने गरेको बाल रोग विशेषज्ञ डाक्टर विश्वनाथ शाहले बताए ।

अत्यधिक गर्मीले बालबालिकामा प्रत्यक्ष स्वास्थ्य असर पर्दे गएको भन्दै गुलरिया नगरपालिकाका सबै विद्यालय जेठ २५ गतेसम्म बन्द गरिएको छ । जिल्लामा दिउँसोको तापक्रम ४२ देखि ४३ डिग्रीसम्म पुग्ने गरेको छ । दिउँसो अत्यधिक गर्मी र लूले जिल्लाको जनजीवन प्रभावित बनेको छ । गर्मीले अत्यावश्यक काम बाहेक मानिसहरु घर बाहिर निस्केका छैनन् । कार्यालयमा सेवाग्राही पनि न्यून देखिएका छन । गर्मीले सबैभन्दा बढी दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गर्नेलाई प्रभावित गरेको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356