फ्रेन्च ओपन : पाँच सेटमा जोकोभिचको अर्को जित

Logo
Red FM मंगलबार, जेठ २२, २०८१

पेरिस — डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच सोमबार फ्रेन्च ओपनको चौथो चरणमा अर्जेन्टिनाका फ्रान्सिस्को सेरुन्डुलोलाई ६–१, ५–७, ३–६, ७–५ र ६–३ ले हराएका छन् । सर्बियाली ३७ वर्षीय जोकोभिचका लागि पाँच सेटको एक अर्को जित संघर्षपूर्ण रह्यो ।

फ्रेन्च ओपन : पाँच सेटमा जोकोभिचको अर्को जित

खेलका क्रममा उनी चोटबाट बच्न पनि संघर्षरत रहे । अघिल्लो चरणमा पनि कीर्तिमान २४ पल्टका ग्रान्ड स्लाम विजेताले पाँच सेटकै जित निकालेका थिए ।

रोलान्ड ग्यारोसमा अबेर राति सकिएको खेलमा एलेक्जान्डर जेभरेभले होल्गर रुनेलाई ४–६, ६–१, ५–७, ७–६ र ६–२ ले हराए र यस जितसँगै उनी क्वाटरफाइनल पुगेका छन् ।

महिलातर्फ अरयना सबलेन्का पनि क्वाटरफाइनल पुगेकी छिन् । उनले इमा नाभारोलाई सजिलै ६–२ र ६–३ ले हराइन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356