इन्टरनेट सेवाप्रदायक तथा केवल टीभी अपरेटरको लाइन काट्ने चेतावनी

Logo
भोजरज घिमिरे bhojraj.braj@gmail.com मंगलबार, जेठ ०८, २०८१
तस्बिर भोजराज घिमिरे

नेपाल टेलिकमले मंगलबार सार्वजनिक सूचना जारी गरेर कोशी प्रदेशभित्र पोलहरु प्रयोग गरेवापत केवल टीभी अपरेटर र आइएसपीले भाडा नतिरेको भन्दै लाइन काट्ने चेतावनी दिएको छ । नेपाल टेलिकमले पोल भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायक तथा केवल टीभी अपरेटरको लाइन काट्ने चेतावनी दिएको छ । नेपाल टेलिकमले मंगलबार सार्वजनिक सूचना जारी गरेर कोशी प्रदेशभित्र पोलहरु प्रयोग गरेवापत केवल टीभी अपरेटर र आइएसपीले भाडा भाडा नतिरेको भन्दै लाइन काट्ने चेतावनी दिएको हो ।

तस्बिर भोजराज घिमिरे

पोल भाडा नतिर्नेको बिजुली आपूर्ति नै रोकिदिने नेपाल विद्युत् प्राधिकरणले चेतावनी दिएको छ । काठमाडौं उपत्यकमा लामो समय चलेको विवाद समाधानसँगै अब इन्टरनेट सेवाप्रदायक (आईएसपी)ले उपत्यका बाहिरका जिल्लाहरुमा पनि पोल भाडा नतिरेको भन्दै प्राधिकरणले लाइन काट्ने चेतावनी दिएको हो ।
टेलिकमले आइएसपीहरुलाई सम्झौता अनुसार नै आर्थिक वर्ष २०८०/८१ सम्मको पोलभाडा यही जेठभित्रै तिर्न ताकेता गरेको छ । जेठभित्र पोलभाडा नतिर्ने आइएसपीको असार १ गतेबाटै टेलिकमले लाइन काटिदिने सूचना जारी गरेको छ । टेलिकमले कोशी प्रदेशका लागि जारी गरेको यस्तो सूचना अनुसार नजिककै टेलिकम कार्यालयमा पुगेर पोल भाडा तिर्ने इन्टरनेट तथा केबल टीभीको सेवामा भने कुनै अवरोध नगर्ने पनि स्पष्ट पारेको छ ।
वैशाख २६ गते नेपाल विद्युत् प्राधिकरणले पनि पोल भाडा नतिर्ने आइएसपीहरुको पनि बिजुलीको लाइन मर्मत तथा नयाँ वितरणमा रोक लगाउने निर्णय गरेको थियो ।
प्राधिकरणले भने सातै प्रदेशका पैसा नतिर्ने आइएसपीहरुको लाइन मर्मत नगर्ने र नयाँ जडान पनि रोक्ने निर्णयको छ । प्राधिकरणका अनुसार आइएसपीले पोल भाडा नबुझाएसम्म सम्बन्धित आइएसपीको लाइन काटिन सक्नेसहितको चेतावनी दिएको छ

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: redfm101@gmail.com
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356