राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित नभएकोबारे सभामुख र प्रधानमन्त्रीबीच कुराकानी

Logo
Red FM बुधबार, जेठ ०२, २०८१

काठमाडौँ — प्रतिपक्षीको अवरोधका कारण संसद्‍बाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई सभामुख देवराज घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित नभएकोबारे सभामुख र प्रधानमन्त्रीबीच कुराकानी

सभामुख घिमिरेले यसबारेमा बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग कुराकानीसमेत गरेका छन् । सभामुख घिमिरेले कम्तीमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा ध्यानाकर्षण गराएका थिए ।

संसद्को संयुक्त बैठकमा मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने कार्यसूची रहे पनि प्रमुख प्रतिपक्ष कांग्रेसले बैठक अवरुद्ध गरेको थियो ।

सहकारीको बचत रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद्का दुवै सदनका बैठक अवरुद्ध गरेको थियो । नीति तथा कार्यक्रम मात्र प्रस्तुत गर्न दिने कांग्रेसको अडानले संसद्बाट राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव टेबलसम्म भएन ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356