बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नवनिर्मित भवन नजिकै हत्या गरिएको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ ।
शव धरान-१६ बस्ने २१ वर्षीया सुमना श्रेष्ठको भएको प्रहरीले जनाएको छ ।
बाख्रा चराउन गएका एक व्यक्तिले युवतिको शव भुईँमा लडिरहेको देखेपछि बुधवार प्रहरीलाई खबर गरेका थिए । मृतकको घाँटीमा गहिरो चोट छ भने घटनास्थलबाट प्रहरीले धारिलो हतियार बरामद गरेको छ ।