बिराटनागार — नियमित मर्मत सम्भारका लागि बुधबार मनकामना केबलकार बन्द गरिने भएको छ । बिहीबारबाट भने नियमित रूपमा सञ्चालनमा आउने मनकामना दर्शन प्रालिका निर्देशक राजेशबाबु श्रेष्ठले बताए ।
चितवनको कुरिनटारदेखि गोरखाको मनकामनामा केबलकार सञ्चालनमा छ । शनिबार बिहान साढे ६ बजेदेखि र अघिपछि बिहान साढे ७ बजेबाट साँझ साढे ५ बजेसम्म केबलकार सञ्चालन हुने गरेको निर्देशक श्रेष्ठले बताए । ३४ वटा डब्बा सञ्चालनमा छ्न् ।