विराटनगर । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अध्ययनरत एक विद्यार्थी कोठा भित्र झुन्डिएको अवस्थामा फेला परेका छन् ।भारत बिहार पुर्णिया घर भई विराटनगर ४ स्थित नोबेल हस्पिटल बाहिर डेरामा बस्दै आएका थिए ।अन्दाजी २५ —२६ उमेरका आँसु सिह कोठामा झुन्डिएको अवस्थामा फेला परेका हुन् । नोवेल टिचिङ हस्पिटलमा एमबीबीएस अन्तिम सेमेस्टरका विद्यार्थी आईतबार बिहान झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता एंवम डिएसपी रन्जन कुमार दाहालले जानकारी दिएका छन्।मृतकका परिवार आईपुगेर घटनास्थल वस्तुस्थिति मुचुल्का उठाउन सहयोग गरेको प्रहरीले जानकारी दिइएको छ ।