विराटनगर । सुनसरीको इटहरीमा गएराती आगलागी हुँदा ५२ वर्षीया गोपीमाया कटुवालको मृत्यु भएको हो । बिपी चोकस्थित विष्णु खड्काको घरमा मध्यराति आगलागी भएको जनाइएको छ ।
गोपीमाया छोराबुहारीसहित डेरामा बस्दै आएकी थिइन् । आगलागीका क्रममा छोरा बुहारी सुन्ते कोठामा भने ताला लागेको पाइएकोले गोपीमाया आफैंले आगो लगाएको हुनसक्ने प्रहरी स्रोतको भनाई छ ।
उनले छोरा बुहारी सुतेको कोठामा ताला लगाएर आफ्नो कोठाभित्र आगो लगाएको हुन सक्ने जनाइएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।
सोही घरको माथिल्लो तलामा बस्ने गरेकी इटहरी उपमहानगरपालिकाकी पूर्व उपमेयर लक्ष्मी गौतमले मध्यरातमा आगलागी भएका कारण निक्कै असहज अवस्था भोग्नु परेको बताइन् ।
उनले आत्तिएर दमकललाई फोन लगाउन समेत कठिन भएको अनुभव सामाजिक सञ्जालमा व्यक्त गरेकी छन् । गौतमले दमकलकै सहयोगले आगलागी नियन्त्रण भएको जानकारी दिइन् ।
View : 106