पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह मध्य र पश्चिम क्षेत्रको भ्रमणमा निस्किने भएका छन्।
उनीहरू आगामी हप्ता भ्रमण सिलसिलामा भैरहवा जाने संवाद सचिव फणिराज पाठकले बताए।
नेपालमा हिन्दु राष्ट्र र राजसंस्था पुन:स्थापनाको मुद्दा उठिरहेका बेला पूर्वराजाले आफ्नो सक्रियता बढाएका हुन्।
भ्रमण पुस ७ गतेबाट हुने तय भएको पाठकले बताए। भ्रमणको सिलसिलामा के-के कार्यक्रम छन् भन्ने तय नभइसकेको उनले बताए।