छोरीलाई जन्माउने आमालाई विराटनगरको पारस अस्पतालले दिनथाल्यो एक हजार भत्ता, निःशुल्क उपचार

Logo
Red FM शुक्रबार, माघ ०५, २०८०

विराटनगर महेन्द्र चोकस्थित पारस अस्पतालले छोरी जन्माउने आमालाई प्रोत्साहन स्वरुपमा एक हजार रुपैयाँ भत्ता र निःशुल्क उपचार सेवा दिन थालेको छ । छोरी बचाऊ आमा बचाऊ भन्ने उदेश्यले सो स्पतालले माघ ४ गते देखि छोरी जन्माउने आमालाई निः शुल्क उपचार सेवाका साथै एक हजार रुपैया भत्ता दिन भएको हो ।

सो अभियान अन्तर्गत नर्मल डेलिभरीमा छोरा वा छारी जे भएपनि आमालाई निःशुल्क उपचार सेवा दिने व्यवस्था गरिएको अस्पतालका अध्यक्ष तथा जेनेरल सर्जन सफिउर रहमानले जानकारी दिए ।

अस्पतालले यस अभियान सहित नि शुल्क डेलिभरी तथा निशुल्क शल्यक्रिया कार्यक्रम समेत संचालन गरेको छ । छोरी पाउने आमालाई प्रोत्साहन स्वरुप एक हजार प्रदान गरिने छ भने शिशुलाई एक हजारको सुविधा कार्ड लिएबापत एक वर्ष सम्म अस्पतालले ओपीडि निःशुल्क, अन्य परिक्षणहरुमा २५ प्रतिशत र मेडिसिनमा १० प्रतिशत छुट दिने व्यवस्था गरिएको रहमानले बताए  ।

यसैगरि विपन्न, दलित तथा असाहयहरुलाई जेनेरल बेडमा ५० प्रतिशत र अप्रेशन तथा अन्य टेस्टहरुमा २५ प्रतिशत छुट दिने बताइएको छ । ५० शैय्याको सो अस्पतालमा २४ घण्टै विमारीहरुका लागि सेवा उपलब्ध हुँदै आएको सहमानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356