पर्साको वीरगंज महानगरपालिकाले भारतको अयोध्यामा नवनिर्मित राममन्दिरमा प्राणप्रतिष्ठाको दिन माछामासु तथा मदिराको बिक्री वितरणमा रोक लगाएको छ ।
वीरगंज महानगरपालिकाले बुधबार सूचाना जारी गरी यही माघ ८ गते महानगर क्षेत्रभित्र माछामासु तथा मदिराको बिक्री वितरण बन्द गर्न निर्देशन दिएको छ । अयोध्याको राम मन्दिरको प्राणप्रतिष्ठा तथा उद्घाटनकै दिन वीरगंज महानरपालिका–१० घडिअर्वास्थित पुनर्निर्मित रामजानकी मन्दिमा रामसीतको मुर्ति स्थापना तथा प्राणप्रतिष्ठाको कार्यक्रम रहेकोले नगरभित्रमा माछामासु तथा मदिरा पूर्णरुपमा बन्द गर्न महानगरपालिकाले निर्देशन दिएको हो ।
महानगरको यो सूचनालाई अटेर गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई नियामानुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ । यसअघि मंगलबार विश्व हिन्दु परिषद्ले माघ ८ गतेका दिन वीरगंजमा माछामासु र मदिराका पसल बन्द गराउन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको थियो ।