जिल्ला अदालतका न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरीले आत्मदाहको प्रयास गरेकी छन् ।
आइतबार दिउँसो न्यायाधीश गिरीकी पत्नी आरतीले सर्वोच्च अदालत परिसरमा शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । शरीरमा मट्टीतेल खन्याएर आगो सल्काउन थाल्दा प्रहरीले उद्धार गरेको हो ।
आरतीले ‘न्याय कि मृत्यु’ लेखिएको टिसर्ट लगाएकी थिइन् । उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पठाएको छ । श्रीमान्विरुद्ध बैवाहिक बलात्कारको मुद्दा हालेकी आरतीले यसअघि आरतीले जिल्ला अदालत काठमाडौंमा श्रीमान् गिरीमाथि जुत्ता प्रहार गरेकी थिइन् ।
आरतीको उजुरीपछि न्यायाधीश गिरी बैवाहिक बलात्कारको मुद्दामा पक्राउ परेका थिए ।