नारायणगढ-मुग्लिन सडक आजदेखि माघ २० गतेसम्म दैनिक चार घण्टा बन्द हुने भएकाे छ ।
सडक खण्डमा निर्माणाधीन पुलमध्ये बाँकी रहेको तुइनखोला पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाई पुनःनिर्माण गर्नुपर्ने भएकाेले आजदेखि मध्याह्न १२देखि अपराह्न ४ बजेसम्म सडक बन्द गरिन लागेकाे हाे ।