चितवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिहीबार साँझ भरतपुर महानगरपालिका-७ क्यान्सर अस्पतालको गेटनजिकै बिएबी २८७६ नम्बरको कारले बा.प्र. ०३-००३ प १७७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालककाे मृत्यु भएकाे हाे ।
कारकाे ठक्करबाट गम्भीर घाइते भएका माडी नगरपालिका-६ रामराज्यपुरका ३५ वर्षीय कुलप्रसाद सापकोटालाई उपचारका लागि नयाँ मेडिकल कलेज पठाइएकोमा डाक्टरले मृत घोषित गरेका थिए ।