बाक्लाे हुस्सुले तराईकाे जनजीवन प्रभावित

Logo
Red FM बिहिबार, पुष २६, २०८०

नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका अधिकांश भू-भागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ ।

लगातार बाक्लाे हुस्सु र कुहिराेका कारण तराईकाे जनजीवन कष्टकर बनेकाे छ । चिसाेले बालबालिका तथा ज्येष्ठ नागरिक सबैभन्दा धेरै प्रभावित बनेका छन् । अस्पतालहरूमा चिसाेका कारण प्रभावित बिरामीहरूकाे चाप बढेकाे छ ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356