भारतीय गायक तथा संगीतकार उस्ताद राशिद खानको निधन

Logo
Red FM बुधबार, पुष २५, २०८०
राशिद खानको

भारतका गायक तथा संगीतकार उस्ताद राशिद खानको निधन भएको छ । लामाे समयदेखि उपचाररत उनकाे मंगलबार  कोलकाताको एक अस्पतालमा ५६ वर्षकाे उमेरमा निधन भएको हो । उनी प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।

उनले हिन्दी चलचित्र ’जब वी मेट’ को ’आओगे जब तुम…’ र ’माई नेम इज खान’ को ‘अल्लाह ही रेहम’ जस्ता चर्चित गीत गाएका छन् ।

खानको जन्म १ जुलाई १९६६ उत्तर प्रदेशको बदाउँमा भएको थियो । उनले सानैदेखि शास्त्रीय संगीत सिक्न थालेका थिए ।

खानलाई सन् २००६ मा पद्मश्री र २०२२ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो । उनकाे आज अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356