६४ लाख बराबरको सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा, मंसिर प्रहरीले पर्साबाट बिल बिजकभन्दा बढी खुद्रा सामान बोकेको मालबाहक ट्रक नियन्त्रणमा लिएको छ।प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. १४ गण्डक चोकस्थित सडकखण्डबाट प्रदेश ३-०१-००५ ख ९८५१ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।आइतबार राति सवा ११ बजे वीरगञ्जबाट काठमाडौं जाँदै गरेको ट्रक नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ।रोकेर चेकजाँच गर्दा बिल बिजक भन्दाबढी मालवस्तुहरू लोड रहेको र शंकास्पद देखिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।ट्रकमा ६४ लाख ६५ हजार ९२१ रुपैयाँ बराबरको सामान थिए। ट्रक र सामान कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ।