

सीमा सुरक्षासम्बन्धी नेपाल–भारत बैठक सम्पन्
वैशाख ६
नेपालका मोरङ र झापा तथा भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज जिल्लाका प्रशासनिक अधिकारीहरूबीच सीमा सुरक्षाका विविध पक्षमा छलफल गर्न नेपाल–भारत सीमा संयुक्त समन्वय समिति (BDCC) को बैठक शनिबार सम्पन्न भएको छ।
उक्त बैठक भारतको ठाकुरगञ्जस्थित १९ औं बटालियन SSB, पावर हाउसमा आयोजित भएको हो। नेपाली प्रतिनिधिमण्डलमा मोरङ र झापाका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, भन्सार कार्यालय तथा वन कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो। भारतीय पक्षबाट भने किशनगञ्ज जिल्लाका प्रहरी प्रमुख, एसएसबीका उच्च अधिकारी, भन्सार कार्यालयका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा खुला सीमाबाट हुने चोरी, तस्करी, लागूऔषध तथा मानव ओसारपसार, अवैध मुद्रा कारोबार नियन्त्रण, आपसी सूचना आदानप्रदान तथा संवेदनशील विषयहरूमा सहकार्य गर्ने विषयमा गम्भीर छलफल भएको थियो।प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादव का अनुसार बैठक सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सफलतापूर्वक सम्पन्न भएको हो।