नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिलाई उत्कृष्ट प्रदेश महासंघको सम्मान

Logo
भोजराज घिमिरे बिहिबार, चैत्र २७, २०८१

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिलाई उत्कृष्ट प्रदेश महासंघको सम्मान
नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश समितिलाई कार्यसम्पादनको आधारमा उत्कृष्ट प्रदेश महासंघ घोषणा गर्दै सम्मान प्रदान गरिएको छ।
महासंघको ५९औं वार्षिक साधारण सभा तथा उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको हो।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत रहेका सातवटै प्रदेश समितिहरूमध्ये कोशी प्रदेश समितिले उल्लेखनीय कार्यसम्पादन गर्दै अग्रणी स्थान हासिल गरेपछि यस वर्षको उत्कृष्ट प्रदेश महासंघको उपाधि प्राप्त गरेको हो।
कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेश समितिका अध्यक्ष एवं वरिष्ठ उद्योगी राजेन्द्र राउतलाई प्रमाणपत्र र सम्मान प्रदान गरेका थिए।
यो सम्मानले कोशी प्रदेशमा उद्यमशीलता, व्यापार प्रवर्द्धन र निजी क्षेत्रको सशक्तिकरणमा समितिको योगदानलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356