वडा नं १ लाई वडाध्यक्ष नकआउट फुटबल प्रतियोगिताको उपाधि

Logo
भोजराज घिमिरे सोमबार, चैत्र २४, २०८१

पथरी शनिश्चरे, चैत २५
पथरी शनिश्चरे नगरपालिका वडा नं १ द्वारा आयोजना गरिएको प्रथम वडाध्यक्ष वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक टोली वडा नं १ ले जितेको छ।

सोमबार जाँते रोडस्थित खेलमैदानमा सम्पन्न फाइनल खेलमा वडा नं १ ले वडा नं ९ लाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्‍यो। खेलको निर्धारित समयको ८औं मिनेटमा वडा नं १ का रवीन राईले गरेको गोल नै खेलको एकमात्र निर्णायक गोल बन्यो।

उपाधिसँगै वडा नं १ ले नगद ३१ हजार रुपैयाँ, ट्रफी र मेडल प्राप्त गर्‍यो भने उपविजेता वडा नं ९ ले नगद २१ हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको छ।

फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नं १ का सोनाम गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई आयोजक वडाध्यक्ष भीम कुमार राईले ट्रफी र मेडल प्रदान गरे।

त्यसैगरी, प्रतियोगितामा वडा नं ९ का सायन राईले ‘गोल्डेन बल’ तथा वडा नं १ का विशाल दर्लामीले ‘गोल्डेन ग्लोब’ पुरस्कार प्राप्त गरे। समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई मेडल तथा ट्रफी वितरण गरिएको थियो। साथै, खेल सम्हाल्ने कमिसार, अम्पायर तथा सहयोगीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

समापन समारोहमा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, प्रशासकीय अधिकृत शशी राई, वडा अध्यक्षहरू लोक किरण न्यौपाने, वीरबहादुर राई, जीवन खतिवडा, उद्धवराज बस्नेत, कार्यपालिका सदस्य कल्पना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै आयोजक वडा अध्यक्ष भीम कुमार राईले युवा खेलाडीहरूको प्रतिभा उजागर गर्न र खेलकुदप्रति आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिएको बताए। त्यस्तै, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकीले खेल अनुशासनमा रहेर उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरूलाई प्रेरणा दिनुभयो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356