सरकारी वेबसाइटमा साइबर आक्रमणको प्रयास

Logo
Red FM सोमबार, पुष १६, २०८०

सरकारी निकायहरुको वेबसाइटमा साइबर आक्रमणको प्रयास देखिएको छ। आज सोमबार पनि केही समय केही मन्त्रालय, विभागका वेबसाइटमा साइबर आक्रमण बढेपछि समस्या देखिएको हो।

राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप शर्मा पौडेलले सिस्टममा ‘साइबर आक्रमण’ भएर समस्या आएको बताएका छन्। साइबर आक्रमण गर्नेहरूले इन्टरनेट प्रक्रियालाई ढिलो बनाउने सधैँ जसो प्रयास गरिरहने उनले बताए।

साइबर आक्रमण गर्न हाई ट्राफिक (भिजिटर) पठाउन प्रयास सधैँ भइरहेको हुनसक्ने उनको अनुमान छ। साइबर आक्रमणकर्ताको नियत धेरै हुन सक्ने र डाटा पठाएर सेवालाई सुस्त बनाइदिन खोज्ने हुने उनले बताए।

‘ह्याक भएको होइन, साइबर आक्रमण भएको हो। चोरी हुनु र चोरीको प्रयास हुनु जस्तै हो। ह्याक गर्नु भनेको चोर्न खोज्नु हो,’ उनले भने, ‘ट्राफिकहरु बढी आइरहेका छन्। त्यस समयमा सिस्टमले थेग्न नसक्दा वेबसाइटहरू नखुल्ने हुनसक्छ।’

साइबर आक्रमण गर्नेहरु कुन देशमा बसेर काम गर्छन् भन्ने पत्ता लाग्न नसक्ने उनले बताए। ‘नेपाल बसेर अन्य देशको फेक डिभाइसहरू बनाएर काम गर्न सक्छन्’ उनले भने।

प्राविधिकले मोनिटर गरिरहेको हुने तर, कहिलेकाहीँ उपकरणहरुले नै काम गर्न नसकेको हुनसक्ने बताए। आज देखिएको समस्या समाधान भएको पौडेलले बताए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356