रविन्द्र र धवलले सन्चो नभएको बताएपछि अदालतले दियो उपचार गर्न आदेश

Logo
Red FM सोमबार, चैत्र १७, २०८१

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पाँच दिन हिरासतमा राख्न आदेश दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई उपचारको व्यवस्था मिलाउन आदेश दिएको छ ।

रविन्द्र र धवलले अदालत समक्ष आफूहरुलाई सन्चो नभएको बताएपछि अदालतले प्रहरीलाई उपचारको व्यवस्था गर्न आदेश दिएको हो । अदालतले मिश्र र जबरासहित ११ जनालाई पाँचदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले अन्य ३० जनालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ

गत चैत १५ गते शुक्रबार तीनकुनेमा भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरेको थियो ।

चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक आन्दोलनका क्रममा राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र आक्रामक मुद्रामा ।

साथै तीनकुने, कोटेश्वर र जडिबुटी क्षेत्रमा तोडफोड, आगजनीसमेत भएको थियो । सवारी साधन जलाइएको थियो । निजी सम्पत्तिमाथि आगो लगाइएको थियो । सञ्चारगृहमा आक्रमण भएको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356