

काठमाडौं । काठमाडौं महानगरपालिकाले चैत १५ गते(आज) मनाइने पाहाँचर्हे जात्राका क्रममा कुनै पनि सभा, सम्मेलन वा अन्य गतिविधि नगर्न अनुरोध गरेको छ ।
महानगरले जात्रालाई अवरोध पुर्याउने कुनै पनि क्रियाकलाप नगर्न राजनीतिक दलहरूलाई आग्रह गर्दै, सवारी चालकहरूलाई वैकल्पिक मार्ग अपनाउन अनुरोध गरेको छ ।
महानगरले नगर कार्यपालिकाको कार्यालयले सूचना जारी गर्दै जात्रा बसन्तपुर, न्युरोड, यट्खा, कोठाननी, तमोगल्ली, भण्डार, मजाःदेयगःमरू, ढोकाटोल, चसान, लाखःगल्लि, दमाईटोल, क्लब छँय, सुन्तागल्लि, मुगल्लि, कंकेश्वरी मन्दिर लगायतका स्थानहरूमा सञ्चालन हुने जनाएको छ । जात्राको सहज सञ्चालन तथा आवागमन व्यवस्थित गर्न वैकल्पिक मार्ग प्रयोग गर्न अपिल गरिएको छ।