

मोरङ, चैत १२ – मोरङ प्रहरीले यातायात कार्यालय वरिपरि बिचौलियागिरी गर्दै सर्वसाधारणलाई ठगी गर्ने १२ जनालाई नियन्त्रणमा लिएको छ। बिचौलियाहरूले सेवाग्राहीलाई अनावश्यक झन्झट गराउँदै अनुचित लाभ लिने गरेको जनगुनासोपछि प्रहरीले कारबाही गरेको हो।
मोरङ प्रहरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरू यातायात कार्यालय बाहिर सेवाग्राहीलाई विभिन्न बहानामा झुक्याउने, अनावश्यक रकम असुल्ने तथा गलत सूचना दिने कार्यमा संलग्न रहेको पाइएको छ। सेवाग्राहीहरू कार्यालयभित्र सहज रूपमा सेवा लिन नपाउने अवस्था सिर्जना गरेर बिचौलियाहरूले आर्थिक फाइदा उठाउँदै आएका थिए।
प्रहरीले पछिल्लो समय प्रशासनिक कार्यालयहरूमा बिचौलियागिरी तथा ठगी रोक्न अभियान चलाइरहेको छ। “नागरिकहरूले सरकारी सेवा लिन बिचौलियाको भर पर्नु नपरोस् भनेर हामीले निगरानी बढाएका हौं,” एक प्रहरी अधिकृतले भने।
नियन्त्रणमा लिइएका १२ जनामाथि आवश्यक अनुसन्धान भइरहेको र उनीहरूविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ। प्रहरीले नागरिकहरूलाई यस्ता बिचौलियाबाट सतर्क रहन आग्रह गर्दै कुनै पनि सेवा सहज रूपमा सरकारी कार्यालयबाटै लिन अपिल गरेको छ। १,विराटनगर महानगरपालिका– ३ का २४ वर्षीय राजेश खड्का २ , विराटनगर महानगरपालिका– ३ का ४१ वर्षीय सन्जिव कोइराला
३,विराटनगर महानगरपालिका–३ का २५ वर्षीय गौरवकुमार माझी ,४,विराटनगर महानगरपालिका– ३ का ३७ वर्षीय राजु कोइराला
५, दुहबी नगरपालिका– ११ का २७ वर्षीय युवराज लम्साल
६,विराटनगर महानगरपालिका–५ का ३१ वर्षीय अनिल बस्नेत
७, विराटनगर महानगरपालिका– ४ का २२ वर्षीय राजीव मण्डल
८, बर्जु गाउँपालिका– ६ का २७ वर्षीय प्रवीण कुमार थन्दार
९, कटहरी गाउँपालिका– १ का ३७ वर्षीय भागवत राजबंशी
१०, बुढिगंगा गाउँपालिका– २ का ५० वर्षीय उदय कार्की ,१२, विराटनगर महानगरपालिका– ३ का २९ वर्षीय अजयकुमार मण्डल
११, बुढिगंगा गाउँपालिका– १ का २१ वर्षीय सुनिल दाहाल