जब अमेरिकाले कहाँ-कहाँ आक्रमण गर्दैछ भन्ने छलफलमा पत्रकार जोडिए…

Logo
भोजराज घिमिरे - मंगलबार, चैत्र ११, २०८१

विश्वको महाशक्ति राष्ट्र अमेरिकाले कहिले र कहाँ कसरी के आक्रमण गर्छ भन्ने सायदै थाहा हुन्छ। सिमित बाहेक अमेरिकाका शीर्ष सैन्य अधिकारीहरु र मन्त्रीहरु समेत बेखबर हुन्छन्। तर यस्तो महत्वपूर्ण छलफलमा एक पत्रकारलाई जोडिंदा अहिले वासिङ्टन तनावमा परेको छ।

अमेरिकी राष्ट्रपति र उच्च सुरक्षा संयन्त्रबिच हुने अत्यन्त संवेदनशील निर्णयहरुका विषयमा छलफल भइरहेको एउटा च्याट ग्रुपमा प्रभावसाली राजनीतिक पत्रकार जेफ्री गोल्डबर्ग जोडिए। धन्न अन्य अमेरीका बाहिरका खुपिया एजेन्सीहरुका मानिसहरु जोडिएन्न। जति बेला अमेरिकाले हुथी बिद्रोही माथि आक्रमण गर्दै थियो। त्यो समय भन्दा २ घन्टा अघिनै उनले उक्त योजनाका बारेमा थाहा पाएका थिए। त्यो पनि भुलवल जोडिएको च्याट ग्रुपबाट।

यदि यस्तो जानकारी अमेरिकी प्रतिद्वन्द्वीहरूले अग्रिम रूपमा प्राप्त गरेको भए यसले कस्तो प्रभाव पार्थ्यो भन्नेबारे अमेरिकी उच्च प्रशासन अहिले स्तब्ध छ। यसले जनजीवन मात्र नभइ राष्ट्रिय विदेश नीतिलाई पनि खतरामा पार्न सक्ने आँकलन विश्लेषकले गरेका छन्।

भाग्यवश, ट्रम्प प्रशासनका वरिष्ठ राष्ट्रिय सुरक्षा अधिकारीहरूबीच ‘एनक्रिप्टेड च्याट एप’ मा भएको यमनमा आसन्न अमेरिकी आक्रमणसम्बन्धी छलफलमा उनी जोडिए। उनले सबै योजनाहरु सुने।

द एटलान्टिक पत्रिकाका प्रधान सम्पादक जेफ्री गोल्डबर्गका अनुसार, उनी अनायासै उक्त समूह च्याटमा समावेश भएका थिए, र त्यसको कारण ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्ज थिए। उक्त समूहमा उपराष्ट्रपति जेडी भान्स, सीआईएका निर्देशक जोन र्यालट्क्लिफ, ह्वाइट हाउस प्रमुख सुजी वाइल्स, रक्षा मन्त्री पिट हेगसेथ लगायतका उच्च अधिकारीहरू सहभागी थिए।

राष्ट्रिय सुरक्षा परिषद्को प्रवक्ताका अनुसारलाई दिएको प्रतिक्रिया अनुसार, उक्त च्याट सन्देश प्रामाणिक हो। गोल्डबर्गका अनुसार, समूहले नीतिगत बहस मात्र होइन, आसन्न अमेरिकी सैन्य कारबाहीका ठोस कार्यान्वयन विवरणसमेत छलफल गरिरहेको थियो। यसले ट्रम्प प्रशासनका वरिष्ठ सुरक्षा अधिकारीहरूका आन्तरिक कामकारबाहीबारे उनले दुर्लभ झलकहरू प्राप्त गरे।

शनिबार, १५ मार्चमा अमेरिकी फौजले यमनस्थित हुथी लक्षित स्थानहरूमा हमला गरेपछि वाल्ट्जले समूहमा लेखे ‘अद्भुत काम!’ त्यसपछि उनले अमेरिकी झण्डा, हातको मुट्ठी, र आगोको इमोजी पठाए। अन्य वरिष्ठ अधिकारीहरूले पनि बधाई सन्देशहरू पठाए। तर सोमबार यो घटनाको खुलासा भएपछि ह्वाइट हाउसमा सन्नाटा छाएको छ।

पत्रकार गोल्डबर्गले आफ्नो लेखको सुरुआतमा लेखेका छन्, ‘दुनियाले १५ मार्चको दिउँसो २ बजे अर्थात ६ बजे (जी.एम.टी.) अर्थात आक्रमण केही अघि मात्र थाहा पायो कि अमेरिका यमनमा हुथी विद्रोहीहरु बसिरहेको स्थानमा बमबारी गरिरहेको थियो।’

तर, पत्रकार गोल्डबर्गका अनुसार, उनले पहिलो बम विस्फोट हुनु भन्दा दुई घण्टा पहिल्यै थाहा पाएको थिए। यसको कारण के थियो भने, बिहान ११:४४ बजे १५:४४ (जी.एम.टी.) रक्षा सचिव पीट हेगसेथले मलाई प्रत्यक्ष रूपमा युद्ध योजना पठाएका थिए।’ यस च्याटमा हुथी समूहमाथि हुने सम्भावित अर्को हमलाको विस्तृत जानकारी थियो।

राष्ट्रपति ट्रम्पले भने यो बारेमा आफूलाई कुनै जानकारी नभएको जानकारी दिए। तर राष्ट्रपति कार्यलयले भने गल्ति स्विकार गर्दै कसरी यो भएको भनेर अनुसन्धान भइरहेको बताए।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356