

प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सोमबार अपराह्न बस्दैछ।
संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल गर्न नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दैछन्।
प्रमुख तीन दलका नेता यसअघि नै छलफलमा बस्न खोजेका थिए। तर माओवादी केन्द्रले हुलाकी राजमार्गकेन्द्रित ‘तराई–मधेस जागरण अभियान’ चलाइरहेकाले सम्भव भएको थिएन।
सोमबार अपराह्न चार बजे छलफलमा बस्ने गरी खबर आएको प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
उनका अनुसार शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायलगायत विषयमा छलफल हुनेछ।
प्रचण्ड अहिले चितवनको शिवनगरमा छन्। माओवादी केन्द्रको जागरण अभियानका क्रममा चितवन रहेको प्रचण्ड आजै काठमाडौं फर्कने आचार्यले बताए।