

विराटचोक, मोरङ । नेपालमा निर्माण क्षेत्रमा आवश्यक हेभी इक्विप्मेन्टको माग बढिरहेका बेला कोमात्सु कम्पनीको नयाँ मोडल ‘पीसी २०५-१०एमजिरो’ एक्स्काभेटर सार्वजनिक गरिएको छ। मोरङको विराटचोकस्थित होटल नेपालरिका मा शुक्रबार साँझ एक कार्यक्रमका बीच यो अत्याधुनिक एक्स्काभेटरको उद्घाटन गरिएको हो।
नेपालका लागि कोमात्सु हेभी इक्विप्मेन्टको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालि द्वारा सार्वजनिक गरिएको यो एक्स्काभेटर स्याटेलाइट मोनिटरिङ प्रणाली जडान गरिएको, इन्धन खपतमा किफायती र उच्चतम कार्यक्षमता भएको कम्पनीले जनाएको छ।
नेपालको भूगोलमै उपयुक्त मोडल
कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्ट का अनुसार ‘पीसी २०५-१०एमजिरो’ एक्स्काभेटर बलियो, न्यून इन्धन खपत गर्ने र नेपालका जुनसुकै भूगोलका लागि उपयुक्त छ। उनले भने, “यो एक्स्काभेटर नेपालको निर्माण क्षेत्रका आवश्यकताअनुसार डिजाइन गरिएको छ। यसको सञ्चालन खर्च पनि निकै किफायती छ।”
कोमात्सुको गुणस्तरीयता र सेवा सुविधा
कोमात्सु जापानको विश्वविख्यात हेभी इक्विप्मेन्ट उत्पादक कम्पनी हो। कम्पनीले दक्षिण एसियाका निर्माण क्षेत्रलाई लक्षित गरी भारतको चेन्नईमा एसेम्बलिङ प्लान्ट सञ्चालनमा ल्याएको छ, जसले ढुवानी खर्च घटाएर उपकरणको डेलिभरी छिटो हुन मद्दत गर्ने कम्पनीको दाबी छ।
नेपालमा कोमात्सु उपकरणहरूको विक्री तथा सर्भिसिङ गर्दै आएको राउत कन्ट्रक्सन सर्भिसेज प्रालि ले विगत २१ वर्षदेखि पूर्वाधार क्षेत्रमा सेवा दिँदै आएको छ। कम्पनीले उपकरण खरिदका साथै हाइरिङ सेवा पनि उपलब्ध गराउँदै आएको छ।
उद्घाटन समारोहमा व्यवसायीहरूको उपस्थिति
एक्स्काभेटर सार्वजनिक गर्न आयोजित कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष सुहृदयराज घिमिरे, राउत कन्ट्रक्सन सर्भिसेज प्रालिका अध्यक्ष राजेन्द्र राउत, कम्पनीका अन्य बोर्ड अफ डाइरेक्टरहरू तथा पूर्वाधार क्षेत्रमा कार्यरत व्यवसायीहरू को उपस्थिति रहेको थियो।
कोशी तथा मधेस प्रदेशमा हेभी इक्विप्मेन्टतर्फ लोकप्रिय राउत कन्ट्रक्सन सर्भिसेज प्रालि ले नेपालमा कोमात्सु ब्रान्डलाई प्रवर्द्धन गर्दै निर्माण क्षेत्रमा नवप्रवर्तनशील प्रविधिहरू भित्र्याइरहेको छ। नयाँ ‘पीसी २०५-१०एमजिरो’ एक्स्काभेटर हेभी ड्यूटी कामका लागि उपयोगी हुने र नेपालका सडक तथा पूर्वाधार विकास परियोजनाहरूमा प्रभावकारी हुने अपेक्षा गरिएको छ।