जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

Logo
Red FM बिहिबार, चैत्र ०६, २०८१

७ चैत, काठमाडौं । जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयकाे प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ

जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान छ ।

यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले बताए ।

धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने उक्त प्रश्नपत्र आउट भएकोबारे आफूलाई केही पनि जानकारी नरहेको बताए । आफूसहित परीक्षा अनुगमन समितिका पदाधिकारीहरु थुप्रै केन्द्रहरुमा पुग्दा मर्यादित रुपमा परीक्षा भइरहेको पाएको उनले बताए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356