

पथरी शनिश्चरे समाचारदाता, फागुन -२४ गते
मोरङको पथरी शनिश्चरे—१ स्थित पञ्चायत माविमा स्काउट सदस्यहरुका लागि दिक्षान्त समारोहको उद्घाटन भएको छ ।
पथरीशनिश्चरे नगरपालिका—१ स्थित पञ्चायत र सुुनाखरी माविमा स्काउट सदस्यहरुका लागि संयुक्त रुपमा दिक्षान्त समारोहको आयोजजा गरी दिक्षीत गरिने भएको छ ।
पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा नगर स्काउटको सदस्य सचिवसमेत रहेका शिक्षा विभाग प्रमुख नवीन खुलाल, १ नं. वडा अध्यक्ष भीमकुमार राई, पेशागत संगठनहरुको तर्फबाट भरतबहादुर खड्का, प्रधानाध्यपकहरुको तर्फबाट हिरक निमाविका प्रधानाध्यापक कविता तिम्सिना लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट उपाध्यक्ष रिता धिमाल, अखिल नेपाल शिक्षक संगठनको तर्फबाट तुलसी भट्टराई लगायतको उपस्थिति थियो ।
स्काउट पथरीशनिश्चरे नगरको प्रमुख आयुक्त रोशन बुढाथोकीको कमाण्डमा भएको दीक्षान्त समारोह पञ्चायत माविमा साहसिक खेल ‘जिपाइन’ समेत खेलाइएको छ ।
स्काउटले तयार पारेको जिपलाइन खेल नगरको शिक्षा विभाग प्रमुख नवीन खुलाल बुढाथोकी , १ नं. वडा अध्यक्ष भीमकुमार राई, सञ्चारकर्मी अर्जुन जम्नेली राई र स्काउट सदस्यहरुलाई खेलाइएको थियो । दिक्षान्त समारोहको उद्घाटनपछि जिपलइन खेल, खेलाउनुको साथै राति क्याम फायर लगायतको विभिन्न सांस्कृतिक नृत्य तथा अन्य मनाेरञ्नात्मक खेलहरु खेलाइएको थियो । कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्ले, पथरी शनिश्चरे युवा,खेलकुद तथा शाखा प्रमुख नवीन खुलाल बुढाथोकी लयायतका हातबाट नेपालको झण्डा र स्काउटको झण्डोतलान गरिएको थियो ।