विराट गोल्डकपमा कोलकाता लाई पराजित गर्दै मोरङ को संघर्षपूर्ण संघर्षपूर्ण जित

Logo
भोजराज घिमिरे - मंगलबार, फाल्गुण २०, २०८१

विराटनगरस्थित शहीद मैदानमा जारी रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ ले संघर्षपूर्ण जित निकालेको छ। भारतको साउर्थन समिति फुटबल क्लब, कोलकाता लाई ३-२ गोल अन्तरले पराजित गर्दै मोरङ अन्तिम आठमा प्रवेश गरेको हो।

रोमाञ्चक खेलको सम्पूर्ण विवरण

खेलको ११औं मिनेटमा मोरङका अभिषेक गुरुङले गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, चार मिनेटमै कोलकाताका सुदिप्त हाल्डेनले बराबरी गोल फर्काए। ३८औं मिनेटमा कोलकाताका अनिमेसले हेडर गोल गर्दै टिमलाई २-१ को अग्रता दिलाए।

मोरङ पहिलो हाफमा पछि परे पनि अतिरिक्त १२औं मिनेटमा दोर्जे तामाङले पेनाल्टीमार्फत गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए। खेल सकिन एक मिनेट बाँकी रहँदा मोरङका मौसम लिम्बूले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। उत्कृष्ट प्रदर्शन गरेपछि उनलाई प्लेयर अफ द म्याच घोषित गरियो।

प्रतियोगिताका पुरस्कारहरू

विजेता टिमलाई नगद ११ लाख रुपैयाँ र ट्रफी

उपविजेता टिमलाई नगद ५ लाख रुपैयाँ

सर्वश्रेष्ठ प्रशिक्षक, गोलरक्षक, र उच्च गोलकर्तालाई १५ हजार रुपैयाँ

दैनिक उत्कृष्ट खेलाडीलाई ११ हजार नगद पुरस्कार

सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार रुपैयाँ

अर्को खेलमा दिल्ली क्लब र एपीएफ भिड्ने

गोल्डकप संयोजक नवीन रिजालका अनुसार मंगलबारको खेल सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल (APF) बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिता सञ्चालनका लागि १ करोड ३५ देखि ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। उद्घाटन खेलअघि राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356